दुधकोशी-२ मा जुट्यो लगानी

असोज ७ मा गरिएको सम्झौताअनुसार सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने यो अर्धजलाशय आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहनेछ ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

Investment gathered in Dudkhoshi-2

काठमाडौँ — लक्ष्मी सनराईज बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच ७० मेगावाट क्षमताको दुधकोशी-२ (जलेश्वर) जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।

असोज ७ मा गरिएको सम्झौताअनुसार सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने यो अर्धजलाशय आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहनेछ । 

सहवित्तीयकरणमार्फत परियोजना लागतको ७० प्रतिशत लगानी सहभागी बैंकहरुले गर्नेछन् भने बाँकी ३० प्रतिशत रकम कम्पनीका प्रवर्द्धकले जुटाउने भएका छन् ।

कान्तिपुर

Link copied successfully