भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

यस योजनाअन्तर्गत देशभरका सबै भाटभटेनीका शाखाबाट २ हजार ५ सय वा बढी सामान खरिद गर्ने ग्राहक स्वतः यो योजनामा सहभागी हुन पाउनेछन् ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

Chance to win Tata Panch EV while shopping from Bhatbhateni

काठमाडौँ — भाटभटेनीबाट दसैं, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने भएको छ । यो चाडपर्वको विशेष अवसरमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले टाटाको ‘पन्च ईभी कार जित्न सक्ने मौका प्राप्त गर्ने भएका हुन् ।

 टाटाको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनीबीचको सहकार्यमा भाटभटेनीका ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

'भाटभटेनीबाट किनमेल गरौं, टाटा पन्च ईभी जितौं' भन्ने नारासहित आएको यो स्किमको लाभ पुस १६ सम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिन सक्नेछन् । यस योजनामा सहभागी हुन ग्राहकले कम्तीमा २ हजार ५ सय रुपैयाँ बराबरको सामान भाटभटेनीबाट खरिद गर्नुपर्नेछ । खरिदको समय ग्राहकले प्राप्त गरेको बिलका आधारमा प्रणालीमा नाम दर्ता हुनेछ । त्यसपछि लक्की ड्रमार्फत एक जना विजेताको चयन गरी पन्च ईभी उपहारस्वरूप प्रदान गर्ने भाटभटेनीले जानकारी दिएको छ । यस योजनाअन्तर्गत देशभरका सबै भाटभटेनीका शाखाबाट २ हजार ५ सय वा बढी सामान खरिद गर्ने ग्राहक स्वतः यो योजनामा सहभागी हुन पाउनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully