टुथपेस्ट कम्पनी एंकरले नेपालमा बजार प्रबर्धनका लागि शुभेच्छा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
काठमाडौँ — भजिटेरियन टुथपेस्ट ल्याउने कम्पनी एंकरले नेपालमा बजार प्रबर्धनका लागि शुभेच्छा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
‘हाल यस्तै कार्यक्रमबाट कम्पनीले बेलायतमा विश्वप्रसिद्ध क्रिकेटर जोस बटलरलाई नियुक्त गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना उत्कृष्ट उत्पादनका लागि कम्पनीले सधैं अन्तराष्ट्रिय छवि भएका व्यक्तित्वलाई प्राथमिकता दिँदै आएको छ।’ सहुलियत मुल्यमा उच्च गुणस्तरका टुथपेस्ट, टुथब्रस, साबुनलगायत सामानका लागि एंकर परिचित छ ।
