देशको विषम परिस्थितिलाई दृष्टिगत गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरिएको गोल्छा ग्रुपले जनाएको छ ।
काठमाडौँ — गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय, बग्गीखानालाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच २० थान मोटरसाइकल हस्तान्तरण गरियो ।
देशको विषम परिस्थितिलाई दृष्टिगत गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरिएको गोल्छा ग्रुपले जनाएको छ । राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए ।
‘अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास छ,’ उनले भने । यो सबैका लागि कठिन समय भएको र अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।
