बजारमा भेस्पा स्कुटरको नयाँ बीएस ६ लाइनअप 

नयाँ भेस्पा सिरिजमा तीन मोडेल समावेश छन् ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

New BS6 lineup of Vespa scooters in the market

काठमाडौँ — नेपालका लागि भेस्पा स्कुटरको अधिकारिक बिक्रेता डेल्टा अटोकर्पले भेस्पाका नयाँ बीएस–भीआई ओबीडी–आईआई स्टेजबी इन्जिनसहितका प्रिमियम स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ लाइनअप वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नयाँ भेस्पा सिरिजमा तीन मोडेल समावेश छन् । भेस्पा जेडएक्स १२५ तीन लाख ४९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीको भनाइ छ, जसले क्लासिक डिजाइन र आधुनिक आकर्षणलाई संयोजन गरेको छ । र, पर्ल ह्वाइट, रेड ड्रागन, नेरो ब्ल्याक र अज्जुरो प्रोवेन्जालगायत रङमा ल्याइएको कम्पनीले बताएको छ ।

भेस्पा १२५ को मूल्य भने तीन लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ, जसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ । भेस्पा एस १२५ को मूल्य भने चार लाख नौ हजार रहेको कम्पनीको भनाइ छ । इटालियन परम्परा र सांस्कृतिक सौन्दर्यको प्रतीक भेस्पा विश्वभर आकर्षक डिजाइन, जीवन्त रङ र सशक्त प्रदर्शनका लागि परिचित रहेको कम्पनीको दाबी छ । 

कान्तिपुर

Link copied successfully