कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको छ ।
काठमाडौँ — हालैको प्रदर्शनका क्रममा भएको भौतिक संरचनाको क्षतिमा लक्ष्मी टेक्नोप्लास्ट पुनर्निर्माणमा जुटेको छ ।
देश पुनर्निर्माणका लागि हातेमालो गर्न ओम् शिवम् पाइप्स एन्ड फिटिङ्स तथा मेरिगोल्ड फर्निचरअन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड अगाडि बढेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको छ।
‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने भावनालाई आत्मसात् गर्दै कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्न लागेको हो। यसमार्फत क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने कम्पनीको विश्वास छ।
‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।’
