बिजुलीको बक्यौता आफूले तिरिसकेको सूर्य नेपालको दाबी 

नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार सबै बक्यौता कम्पनीले पहिले नै तिरिसकेको सूर्य नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Surya Nepal claims to have paid the electricity dues

काठमाडौँ — विगतमा नेपाल विद्युत प्राधिकरणद्वारा लगाइएको लोडसेडिङको अवधिमा ट्रंकलाइनमार्फत बिजुली प्रयोगका लागि तिर्नुपर्ने भनिएको अतिरिक्त बिजुलीको बक्यौता आफूले तिरिसकेको सूर्य नेपालले बताएको छ ।

सामाजिक सञ्जालमा सूर्य नेपालको नाम समेत जोडेर प्रसारित केही भ्रामक जानकारीप्रति सूर्य नेपाल प्रालिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।  

नेपाल विद्युत् प्राधिकरणको  निर्देशनअनुसार सबै बक्यौता कम्पनीले पहिले नै तिरिसकेको सूर्य नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ को निर्णयअनुसार अतिरिक्त महसुल,  पुस २०७२ देखि वैशाख २०७५ सम्मको अवधिका लागि मात्र लागु हुने निर्णयअनुसार सूर्य नेपालले तिर्नुपर्नेभन्दा बढी नै रकम भुक्तानी गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

सूर्य नेपाल सबै प्रचलित कानुन, नियम र नेपाल सरकार र सम्बद्ध निकायका  निर्देशनको पालना गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले उल्लिखित विषयमा प्राधिकरणको निर्देशनअनुसार पहिले नै सम्बन्धित बक्यौता तिरेको हुनाले भ्रामक जानकारी प्रसारित नगर्न कम्पनीले आग्रहसमेत गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully