कजारियामा आफूहरुको लक्ष्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु रहेको कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले बताए ।
काठमाडौँ — कजारियाले झापाको दमकमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । न्यू कोहिनुर ग्रेनाइट एन्ड टाइल्सले सञ्चालन गरेको नयाा सोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकलाई समकालीन, डिजाइनकेन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
सोरुम सञ्चालन गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण रहेको दमक नगरपालिकाका मेयर रामकुमार थापाको भनाइ छ । ‘हामी दमकमा कजारियाको लगानीलाई स्वागत गर्दछौं । यो सोरुमले हाम्रो क्षेत्रमा आन्तरिक सजावट समाधानको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
कजारियामा आफूहरुको लक्ष्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु रहेको कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले बताए । ‘यो सोरूम प्रेरणादायी बनाउने उद्देश्यले निर्माण गरिएको हो, जसले दमकका ग्राहकलाई नवीन, टिकाउ र स्टाइलिस टाइलको विस्तृत चयनसाग प्रत्यक्ष जोड्नेछ ।’
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ सोरुम र १ सयभन्दा बढी डिलरको नेटवर्कका साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको उनको भनाइ छ ।
