कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपीओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो ।
काठमाडौँ — सागर डिस्टिलरी लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरल सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपीओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो ।
कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम वहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर बन्द हुने मिति छिटोमा असोज २ र ढिलोमा असोज १३ मा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ । देवचुली नगरपालिका–१ नवलपरासीमा सागर डिस्टिलरी लिमिटेडको रजिस्टर्ड कार्यालय छ । काठमाडौं महनगरपालिका–१ मा कर्पोरेट कार्यालय छ ।
