नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताएका छन् ।
काठमाडौँ — अन्तर्राष्ट्रिय मिक्स्ड मार्सल आर्टस् (एमएमए) च्याम्पियन विन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै भने, 'देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठूलो योगदान दिएका छन् ।'
रोहिणीका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारीले ढाँटको समावेशीले संस्थाको गरिमा बढ्ने विश्वास व्यक्त गरे । उनले ढाँटले मेहनत र समर्पणबाट सफलता हासिल गरेको बताउँदै यसले युवालाई प्रेरणा दिने बताए ।
न्यूजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेषज्ञ शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजले आईईएलटिएस तयारी कक्षा तथा अन्य शैक्षिक परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।
