मिनी–मर्सिडिज प्रेरित इलेक्ट्रिक एसयूभी बन्ने तयारीमा एमजी साइबर एक्स

यसले एङ्गुलर डिजाइन, व्यावहारिकता र बजेटमैत्री पहुँचलाई एकसाथ मिश्रित गर्ने कम्पनीले जनाएको छ । साइबर एक्समा पाँच ओटा ढोकाको लेआउट र बक्सी डिजाइन रहनेछ, जसको स्ट्यान्स मर्सिडिजजस्ता प्रिमियम एसयूभीलाई झल्काउनेछ ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

The MG Cyber ​​X is set to become a mini-Mercedes-inspired electric SUV

काठमाडौँ — एमजी मोटरको साइबर एक्स आगामी दुई वर्षभित्र कम्प्याक्ट, बक्सी, परिवारमैत्री इलेक्ट्रिक एसयूभीमा परिणत हुने तयारीमा रहेको जानकारी गराइएको छ । यो एसयूभी पहिलो पटक सांघाई अटो शोमा बोल्ड कन्सेप्टका रूपमा देखाइएको थियो । 

यसले एङ्गुलर डिजाइन, व्यावहारिकता र बजेटमैत्री पहुँचलाई एकसाथ मिश्रित गर्ने कम्पनीले जनाएको छ । साइबर एक्समा पाँच ओटा ढोकाको लेआउट र बक्सी डिजाइन रहनेछ, जसको स्ट्यान्स मर्सिडिजजस्ता प्रिमियम एसयूभीलाई झल्काउनेछ । 

एमजीको यूके प्रोडक्ट र प्लानिङ बस, डेविड एलिसनले यसलाई ‘सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी’ भनी वर्णन गरेका छन्, जसले सहरी ड्राइभिङका लागि उपयुक्त आकार र हल्का अफ–रोड प्रेरित डिजाइनमा तयार भएको छ । नेपालका लागि विशेष विवरणहरू अझै घोषणा गरिएको छैन, तर साइबर एक्स एमजीको नयाँ ब्याट्री र मोटर प्रविधिहरू, जसमध्ये सेमी–सोलिड–स्टेट ब्याट्री प्रयोग हुने अपेक्षा गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully