अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवा, सिर्जनाकर्मी र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिलाई प्रेरणा दिने लक्ष्य राखेको छ ।
काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’ सुरु गरेको छ । अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवा, सिर्जनाकर्मी र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिलाई प्रेरणा दिने लक्ष्य राखेको छ ।
यो अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रम र अनुभव आदानप्रदान गर्ने गतिविधिमार्फत अगाडि बढाइने कम्पनीले जनाएको छ । यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकलाई भायानेटसँगै ठूला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरी ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।
