उद्घाटनअघि नै आफ्टर आवर्ससँग मिलेर गरिएको अन्डर–कन्स्ट्रक्सन पार्टीले काठमाडौंलाई पहिलो पटक विश्वस्तरीय क्लबको झलक दिएको थियो ।
काठमाडौँ — काठमाडौंमा एक्स ओ क्लब उद्घाटन भएको छ । करिब ३० करोड रुपैयाँ लगानीमा क्लब सञ्चालनमा आएको हो । क्लब स्थापनासँगै नेपालको नाइट लाइफ अब आकार, ध्वनि र अनुभवको नयाँ युगमा प्रवेश गरेको क्लबले दाबी गरेको छ ।
उद्घाटनअघि नै आफ्टर आवर्ससँग मिलेर गरिएको अन्डर–कन्स्ट्रक्सन पार्टीले काठमाडौंलाई पहिलो पटक विश्वस्तरीय क्लबको झलक दिएको थियो । विश्वका ठूला क्लब र फेस्टिभलले प्रयोग गर्दै आएको एडम्सन स्पिकर यहाँ जडान गरिएको क्लबले जनाएको छ ।
क्यानडाबाट स्वयं कालोस सालाबेरी आएर यसलाई ट्युन गरेका थिए । अत्याधुनिक लाइटिङ, साउन्डप्रुफिङ र अत्याधुनिक प्रभावसँगै संगीतप्रेमीलाई पूर्ण रूपमा डुब्ने अनुभव दिलाउने गरी तयार गरिएको क्लबले जनाएको छ ।
