एनआईसी एसिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो हस्पिटलमा छुट 

समझदारीसँगै बैंकका ग्राहकले धनगढीको कैलालीमा रहेको उक्त हस्पिटलमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Discount at Swastik Cardio Hospital for NIC Asia Bank customers

काठमाडौँ — एनआईसी एसिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउन हस्पिटल र बैंकबीच सम्झौता भएको छ ।

समझदारीसँगै बैंकका ग्राहकले धनगढीको कैलालीमा रहेको उक्त हस्पिटलमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यो सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेविट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

कान्तिपुर

Link copied successfully