इटहरीमा दीपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

चार वटा रिकन्डिसन हाउसमा पुरानो गाडीको मूल्यांकन, दीपल मोडलमा नगद छुट र निःशुल्क सेवा पनि उपलब्ध।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Deepal's exclusive test drive and exchange at Itahari

काठमाडौँ — इभी ब्रान्ड दीपलले इटहरीमा अत्याधुनिक सोरुम उद्घाटनको अवसरमा शुक्रबारदेखि २३ भदौसम्म चार दिनका लागि विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । एमएडब्लू वृद्धिका अनुसार विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा विशेष कनेक्टिभिटी भएको दीपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, एसयूभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ का साथै दीपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।

कम्पनीका अनुसार यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दीपल मोडलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निःशुल्क ट्राभल चार्जर पनि पाउनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully