सम्झौतामार्फत महासंघका सदस्य महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गरिनेछ ।
काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र महासंघबीच महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न सम्झौता भएको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र महासंघ अध्यक्ष शोभा ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामार्फत महासंघका सदस्य महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गरिनेछ ।
