विभिन्न छुट र बोनसको समावेशसहित गाडी खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सकिने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयालले जानकारी दिए ।
What you should know
काठमाडौँ — एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ। दशैं–तिहार लक्षित अफरअन्तर्गत गाडी किन्दा न्यूनतम डाउनपेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् ।
विभिन्न छुट र बोनसको समावेशसहित गाडी खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सकिने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयालले जानकारी दिए।
कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी ग्राहकले यो अफरअन्तर्गत केवल २० प्रतिशत डाउनपेमेन्टमा घर लैजान सक्नेछन्।कम्पनीका महाप्रबन्धक फुयाँलका अनुसार दशैं–तिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकका लागि यो अफर निकै उपयुक्त हुनेछ।
उनका अनुसार अफरअन्तर्गत गाडी किन्ने ग्राहक दम्पतीले निःशुल्क ५ रात ६ दिनको सिंगापुर र मलेसिया भ्रमणको अवसर पाउने छन्। फेस्टिभ अफरमा कम्पनीले १ लाख रुपैयाँ नगद छुट, १ लाख रुपैयाँ एक्सचेन्ज बोनस र निःशुल्क बीमा सुविधा पनि उपलब्ध गराएको छ। यसै अफरमा गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन निःशुल्क दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुने भन्दै इच्छुक ग्राहकलाई नजिकैको शोरुममा सम्पर्क गरी लाभ लिन आग्रह गरेको छ। नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल ‘एलईभी–०१’ दमदार पर्फर्मेन्ससहित बजारमा आएको हो।
६७.१२ किलोवाट आवर ब्याट्री क्षमतायुक्त यो गाडी एकपटक फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी कुद्न सक्छ। यसमा २१० मिमि ग्राउन्ड क्लियरेन्स रहेको छ।
‘ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले यो अफर सार्वजनिक गरेका हौं। नेपालीहरूको महान चाडले यो अवसर जुराइदिएको छ,’ महाप्रबन्धक फुयाँलले भने, ‘दशैं–तिहारमा मात्र होइन, यसपटक एलएस अटोको गाडी खरिदमा राखिएको अफरमा पनि ग्राहकले हर्ष पाउनेछन्।’
