आईभीएफ प्रविधिमार्फत जन्मिएका वात्सल्य सापकोटा केवल एक बालक मात्र होइनन्, उनी सयौं परिवारहरूको आशा र नयाँ जीवनको प्रतीक बनेका थिए।
काठमाडौँ — वात्सल्य नेचुरल आईभीएफले आफ्नो ९ औं वार्षिकोत्सवको अवसरमा 'वात्सल्य फ्यामिली डे' सम्पन्न गरेको छ । दुई सयभन्दा बढी परिवारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थापक प्रशान्त सुवेदीले स्वागत मन्तव्य राख्दै वात्सल्यको ९ वर्षे यात्राबारे जानकारी दिए।
आइभीएफ प्रविधिमार्फत जन्मिएका वात्सल्य सापकोटा केवल एक बालक मात्र होइनन्, उनी सयौं परिवारहरूको आशा र नयाँ जीवनको प्रतीक बनेका थिए। उनका अभिभावकहरूले आफ्नो जीवनमा नयाँ सुरुवात दिलाएको सम्मानस्वरूप आफ्ना छोरालाई क्लिनिकको नामअनुसार नै 'वात्सल्य' नाम दिएका हुन्।
परिवार र बालबालिकाहरूका लागि विभिन्न गतिविधिहरु, बालबालिकाको प्रतिभा प्रदर्शन र सृजनात्मक कार्यक्रम आयोजना गरिएको थियो। साथै, 'आईभीएफ सुपर फ्यामिली लक्की ड्र' का विजेता परिवारलाई उपहार तथा गिफ्ट भाउचर प्रदान गरिएको थियो।
वात्सल्यले आफ्नो नौं वर्षको समर्पण, आशा र सफलताको यात्रालाई परिवारहरूसँग मनाएको छ। साथै, यसले परिवार, आमाबुबा र बालबालिकाबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्याएको छ।
