कार्यक्रममा उत्कृष्ट डिलरलाई सम्मानसहित व्यावसायिक साझेदारी अझ सुदृढ पार्ने कम्पनीले जनाएको छ ।
काठमाडौँ — लक्ष्मी समूहको सहायक कम्पनी लक्ष्मी इलेक्ट्रोटेकले ‘व्हर्लपूल पार्टनर्स मिट २०२५’ आयोजना गरेको छ ।कार्यक्रममा व्हर्लपूलले आफ्नो नवीनतम सिंगल डोर र डबल डोर फ्रिजसहित वाशिङ मेसिन सार्वजनिक गरेको छ ।
कार्यक्रममा देशभरिका दुई सयभन्दा बढी डिलरहरूको सहभागिता थियो ।
लक्ष्मी समूहका अध्यक्ष गणेश श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गर्दै भने, ‘हाम्रा व्यापार साझेदारहरू हाम्रो वृद्धिको मेरुदण्ड हुन् । व्हर्लपूलको नवप्रवर्तनशील प्रविधि र बलियो वितरण नेटवर्कमार्फत हामी नेपाली घरपरिवारमा विश्वस्तरीय उपकरण पुर्याउन प्रतिबद्ध छौं ।’
नेपाली परिवारका लागि विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न उत्साहित रहेको भारतको व्हर्लपूल लिमिटेडका निर्देशक हिमांशु जैनले बताए ।
लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख विक्रेता हो । कार्यक्रममा उत्कृष्ट डिलरलाई सम्मानसहित व्यावसायिक साझेदारी अझ सुदृढ पार्ने प्रयास गरिएको कम्पनीले जनाएको छ ।
