बीजी ग्रुपद्वारा कुलप्याड स्मार्टफोन सार्वजनिक

कुलप्याड एक्स१००, कुलप्याड सी१६, कुलप्याड सी १५ र कुलप्याड सी १२ मोडल बजारमा ल्याइएको हो।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Kullpad smartphone released by BG Group

काठमाडौँ — बीजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड कुलप्याडलाई नेपालमा औपचारिक रूपमा भित्र्याएको छ। काठमाडौंमा आयोजित एक समारोहबीच बीजी ग्रुपले कुलप्याडका विभिन्न अत्याधुनिक स्मार्टफोन मोडेल सार्वजनिक गरेको हो।

बीजी ग्रुपका प्रमुख कार्यकारी अधिकृत समर्पण मिश्रले नेपाली उपभोक्ताका लागि विश्वस्तरीय उत्पादन र सेवा ल्याउने प्रतिबद्धता व्यक्त गरे। सन् २००० मा एउटा सानो सपनाबाट सुरु भएको यात्रा आज एउटा सफल समूहको रूपमा स्थापित भएकोमा खुसी व्यक्त गरे।

कुलप्याड एक्स१०० मा ट्रिपल क्यामेरा, १२० हर्ज अल्ट्रा स्मूथ डिस्प्लेलगायत सुविधासहित आएको छ। साथै, कुलप्याड सी१६, कुलप्याड सी१५ र कुलप्याड सी१२ पनि बजारमा ल्याइएको हो।

यो पहलले नेपाली मोबाइल बजारमा नयाँ उत्साह र प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ। कुलप्याडका यी सबै नयाँ मोडेल अब देशभरका प्रमुख मोबाइल स्टोरमा उपलब्ध हुनेछन्।

कान्तिपुर

Link copied successfully