कजारियाको नयाँ शोरुम जोरपाटीमा

कम्पनीका अनुसार नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरुम र १०० भन्दा बढी डिलरहरू रहेका छन् ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Kazaria's new showroom at Jorpati

काठमाडौँ — टायल ब्रान्ड कजारियाले काठमाडौंस्थित जोरपाटीमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । जीएनएस ट्रेडर्सद्वारा सञ्चालित शोरुमले उच्च गुणस्तरका टायलको बढ्दो माग पूरा गर्ने र ग्राहकलाई उन्नत एवं उत्कृष्ट डिजाइन अनुभव प्रदान गर्ने जनाएको छ ।

संघीय सांसद सन्तोष चालिसे र कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले शोरुमको उद्घाटन गरे । कजारियाको उपस्थितिले स्थानीय बजार र जनताप्रतिको विश्वासलाई झल्काउने चालिसेले बताए ।

कम्पनीले नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने अग्रवालले बताए । उनले भने, ‘काठमाडौंमा नयाँ शोरुम खोल्दै, हामी उत्कृष्ट डिजाइन, टिकाउपन र केही नयाँ अनुभव ग्राहकसमक्ष ल्याउँदैछौं । नेपालजस्तो विकासोन्मुख देशको यात्रामा सहभागी हुन पाउँदा खुशी छौं र यहाँका ग्राहकसँग दीर्घकालीन सम्बन्ध बनाउने आशा राखेका छौं ।’

यो विस्तारले गुणस्तर र डिजाइनप्रतिको कजारियाको निरन्तर प्रतिबद्धता झल्काउने र नेपालको निर्माण तथा आन्तरिक डिजाइन क्षेत्रमा यसको स्थानलाई अझ सुदृढ बनाउने कम्पनीले जनाएको छ ।

कजारिया रमेश टाइल्स लिमिटेडले आधुनिक सजावटप्रतिको बदलिँदो रुचि ध्यानमा राख्दै ४ हजारभन्दा बढी विशेष डिजाइन विकल्प प्रस्तुत गरेको छ । कम्पनीका अनुसार नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरुम र १०० भन्दा बढी भरपर्दा डिलरहरू रहेका छन् ।

कान्तिपुर

Link copied successfully