विदेश जाने विद्यार्थीका लागि एजुकेशन फेयर हुँदै

नेपाली विद्यार्थीहरुलाई बिदेशी विश्वविद्यालय र शैक्षिक संस्थाबारे जानकारी गरि प्रत्यक्ष सर्म्पक गराउने उद्देश्यले फेयर सञ्चालन गर्न लागिएको आयोजकको भनाई छ ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Education fair for students going abroad

काठमाडौँ — उच्चशिक्षाका लागि बिदेश जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै आगामी साता काठमाडौंमा एजुकेशन फेयर सञ्चालन हुने भएको छ ।

नेपाली विद्यार्थीहरुलाई बिदेशी विश्वविद्यालय र शैक्षिक संस्थाबारे जानकारी गरि प्रत्यक्ष सर्म्पक गराउने उद्देश्यले फेयर सञ्चालन गर्न लागिएको आयोजक नेशलन एजुकेशनल कन्सलटेन्सी एसोसिएसनले जनाएको छ । एसोसिएनसले सोमबार विज्ञप्ति जारी गरेर भाद्र २४ गते होटल एभरेष्टमा हुने फेयरमा अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, कोरिया, युरोप र भारत लगायत देशका शैक्षिक संस्था सहभागी रहने जनाएको छ ।

एसोसिएनका अध्यक्ष सन्तोष प्याकुरेलले विद्यार्थीलाई शैक्षिक अवसर, भिसा प्रक्रिया, छात्रवृत्ति, आवेदन प्रक्रियाबारे जानकारी दिइने बताए । क्षमतावान विद्यार्थीलाई शतप्रतिशत सम्म छात्रवृत्ति उपलब्ध गराइने उनले जनाए ।

‘बिदेश पढ्ने योजना बनाउने विद्यार्थीलई आवश्यक जानकारी र आवश्यक सल्लाह दिने उद्देश्य हो,’ उनले भने, ‘विद्यार्थीले निःशुल्क रुपमा यी सेवा प्राप्त गर्न सक्नेछन ।’

कान्तिपुर

Link copied successfully