उच्च गुणस्तरको नुडल्सले तीव्र र बलियो स्वादसँग राम्रोसँग मेल खाने र उपभोक्तालाई अविस्मरणीय डेभिलिसियस अनुभव दिने दाबी गरिएको छ ।
काठमाडौँ — एसियन थाई फुड्सले ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ । तीसभन्दा बढी मुलुकमा निर्यात गर्ने कम्पनीले मसालाको राम्रो सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरी उक्त नुडल्स बजारमा ल्याएको हो ।
‘नेपालकै सबैभन्दा मिठो स्वाद, यो डेभिलीसियस छ’ भन्ने ट्यागलाइनसहित आएको उक्त नुडल्समा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको कम्पनीले जनाएको छ । उच्च गुणस्तरको नुडल्सले तीव्र र बलियो स्वादसँग राम्रोसँग मेल खाने र उपभोक्तालाई अविस्मरणीय डेभिलिसियस अनुभव दिने दाबी गरिएको छ ।
यो साधारण तत्काल नुडल्स मात्र नभई साहसिकहरूका लागि स्वादयुक्त चुनौतीसमेत भएको एसियन थाई फुड्सका निर्देशक आशिष जाजुले बताए । व्यवस्थापकीय निर्देशक महेश जाजुले भने, ‘डेभिल्स हट चिकेन नुडल्समा हाम्रो बोल्ड, सन्तुलित मसाला र डेभिलिसियस स्वादको लगाव झल्किने भएकाले नेपाल र विदेश दुवैका ग्राहकलाई मन पर्छ भन्नेमा हामी विश्वस्त छौं ।’
प्रति प्याकेट ५० रुपैयाँमा उपलब्ध हुने नुडल्सको पाँच प्याकेटको फ्यामिली प्याक २५० रुपैयाँमा पाइनेछ । ‘प्रयोगकर्तालाई थप खुसी दिने उद्देश्यले प्रत्येक प्याकमा चकलेट वेफर पनि राखिएको छ, जसले तातो खाना पछि मिठास थप गर्नेछ,’ कम्पनीले जनाएको छ ।
