राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षतामा पुनः कुशकुमार जोशी

संस्थाको उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा सरोजप्रसाद पाण्डे, सचिवद्वयमा सुरेश प्रधान तथा डा. बबिन पोखरेल र सह–कोषाध्यक्षमा राजेश खड्का निर्वाचित भएका छन् ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Kushkumar Joshi again under the chairmanship of the National Vocational Initiative

काठमाडौँ — राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित भएका छन् । सभाले अध्यक्ष जोशीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

संस्थाको उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा सरोजप्रसाद पाण्डे, सचिवद्वयमा सुरेश प्रधान तथा डा. बबिन पोखरेल र सह–कोषाध्यक्षमा राजेश खड्का निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यमा शिवप्रसाद घिमिरे, रमेश शर्मा, रवीन्द्रमानसिंह प्रधान, लता प्याकुरेल, अरनिको राजभण्डारी, खेम लकाई, सरिता महर्जन तथा संस्थागत तर्फबाट नेपाल हस्तकला महासंघका राजमान बज्राचार्य र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महेशकुमार बस्नेत निर्वाचित भएका हुन् ।

साधारणसभाले राजेशबाबु श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, डा. राजेन्द्रकुमार घिसिङ, होमनाथ उपाध्याय तथा सनम शाक्यलाई कार्यसमिति सदस्यका रूपमा मनोनित गरेको छ।

संस्थाका नवनिर्वाचित अध्यक्ष जोशीले सम्पूर्ण निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूलाई बधाई ज्ञापन गर्दै सभाले पारित गरेका दूरगामी महत्त्वका निर्णयहरू कार्यान्वयनमा कार्यसमिति पूर्णतः प्रतिबद्ध रहने जनाए ।

व्यावसायिक क्षेत्रका अनुभवी व्यक्तित्वको प्रतिनिधित्व निर्वाचित भएकाले संस्थाले आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम हुनेमा उनले आशा व्यक्त गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully