नेपालभरिका बसको टिकट खरिदमा १५ प्रतिशत वा अधिकतम २०० सम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४०० सम्मको क्यासव्याक
काठमाडौँ — सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग क्यासब्याक सुविधा ल्याएको छ ।
उक्त व्यवस्थाअन्तर्गत ग्राहकले सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिका बसको टिकट खरिदमा १५ प्रतिशत वा अधिकतम २०० सम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४०० सम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।
देशका सातै प्रदेशमा सानिमा बैंकका १३४ वटा कार्यालय तथा १२७ वटा एटीएम सञ्चालनमा छन् ।
