बजारमा भिभो भी६०

भिभो भी६० ले जाइस प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको कम्पनीको दाबी छ ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Vivo V60 in the market

काठमाडौँ — विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागसिप भिभो भी६० सार्वजनिक गरेको छ ।

भिभो भी६० ले जाइस प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको कम्पनीको दाबी छ । जाइस अप्टिकल स्ट्यान्डर्डअनुसार बनेको भिभो भी६० मा ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो क्यामेरा छ, जसले टाढाबाट पनि स्पष्ट पोट्रेट खिच्न सक्छ ।

डिजाइनका दृष्टिले भी६० मा इक्वेल देप्थ क्वाड–कर्भ डिस्प्ले राखिएको छ, जसले स्लिम बेजलसहित सहज र आकर्षक दृश्य अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । यो स्मार्टफोन दुई आकर्षक रङमा मिस्ट ग्रे र बेरी पर्पलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । १२ जीबी+२५६ जीबीको भिभो भी६० को मूल्य ७० हजार ९ सय ९९ छ । साथै १२ जीबी+ ५१२ जीबी भी६० को मूल्य भने ७५ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully