एनआईसी एसियाका ग्राहकलाई सीपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

सीपी हस्पिटल प्रालि र बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Up to 20% discount on CP Hospitals for NIC Asia customers

काठमाडौँ — एनआईसी एसिया बैंकका ग्राहकले स्वास्थ्योपचार सेवामा विशेष छुट पाउने भएका छन् । सीपी हस्पिटल प्रालि र बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

समझदारीसँगै बैंकका ग्राहकले कैलालीको धनगढीस्थित सीपी हस्पिटलमा स्वास्थ्योपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालका सेवामा २० प्रतिशतसम्म छुट मिल्ने जनाइएको छ । यसका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बतइएको छ ।

कान्तिपुर

Link copied successfully