शुक्रबारदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुने भएको छ ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

'Electric and Electronics' International Exhibition at Bhrikutimandap from Friday

काठमाडौँ — मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाको पहलमा भदौ १३, १४ र १५ गते काठमाडौँको भृकुटीमण्डपमा इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स प्रदर्शनी हुन लागेको हो ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक संघ रहेको विज्ञप्तिमा उल्लेख छ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका एक सयभन्दा बढी स्टलहरू रहने छन् । प्रदर्शनीमा अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामाग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङ सामाग्री, तार, केबुल एवं कन्डक्टर, स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।

कान्तिपुर

Link copied successfully