याङवाङको सबैभन्दा नयाँ मोडल यू ९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीका रूपमा सो रेकर्ड कायम गरेको कम्पनीले जनाएको छ । जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएर सो रेकर्ड कायम गरेको कम्पनीको भनाइ छ ।
काठमाडौँ — बीवाईडीको प्रिमियम सबब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेहिकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ ।
जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ उक्त रेकर्ड कायम भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
याङवाङको सबैभन्दा नयाँ मोडल यू ९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीका रूपमा सो रेकर्ड कायम गरेको कम्पनीले जनाएको छ । जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएर सो रेकर्ड कायम गरेको कम्पनीको भनाइ छ ।
गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए । याङवाङ यू ९ हाल चीनमा बिक्री भइरहेको छ ।