लिपमोटरका ९ लाख सवारी बिक्री

यसले कम्पनीको विश्वव्यापी इलेक्ट्रिक वाहन बजारमा तीव्र उन्नतिको मुख्य उपलब्धि साबित गरेको कम्पनीको दाबी छ ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

Sale of 9 lakh vehicles of Lipmotor

काठमाडौँ — न्यु इनर्जी भेहिकल (एनईभी) निर्माता लिपमोटरले ९ लाख वाहन वितरण पार गरेको घोषणा गरेको छ ।

यसले कम्पनीको विश्वव्यापी इलेक्ट्रिक वाहन बजारमा तीव्र उन्नतिको मुख्य उपलब्धि साबित गरेको कम्पनीको दाबी छ ।

‘लिपमोटरले यस वर्षको पहिलो ६ महिनामा अपूर्व प्रदर्शन देखाएको छ, जसले घरेलु तथा अन्तर्राष्ट्रिय बजार दुवैमा यसको बढ्दो गति र लोकप्रियता दर्साउँछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसै वर्ष लिपमोटरले ‘फर्युन चाइना ५००’ सूचीमा आफ्नो पहिलो उपस्थिति पनि सुनिश्चित गरेको छ ।’

आफ्नो नवीनता, पहुँचयोग्यता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको बढ्दो प्रतिष्ठा यस उपलब्धिद्वारा पुष्टि गरेको कम्पनीले बताएको छ ।

लिपमोटरले युरोप, मध्यपूर्व र अफ्रिका तथा एसिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार गरिसकेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully