एननेट पर्पलको इन्टरनेट र आईपीटीभी सेवा

चाडपर्वको अवसरमा कम्पनीले १५ प्रतिशतसम्म डिस्काउन्ट र तीन महिनासम्म बोनस दिने योजना ल्याएको छ ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

Nnet Purple's Internet and IPTV service

काठमाडौँ — एनएनईटी (एननेट) पर्पलले नेपालका काठमाडौंलगायत प्रमुख सहरमा इन्टरनेट र आईपीटीभी सेवा सुरु गरेको छ ।

दूरसञ्चार प्राधिकरणबाट अनुमतिप्राप्त इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेट पर्पलले अत्याधुनिक एफटीटीआर प्रविधिबाट वाइफाई सिक्स राउटरका साथै आईपीभी६ प्रविधिबाट सेवा सुरु गरेको हो ।

आईपीभी६ प्रविधिलाई नेपाल दूरसञ्चार प्राधिकरणले पनि अनिवार्य गरिसकेको बताइएको छ । यो सेवा क्रमिक रूपले देशको सम्पूर्ण सहरी, पहाडी, दुर्गम तथा हिमाली क्षेत्रका ग्राहकलाई समेत लक्ष्य गरी उच्चस्तरीय इन्टरनेट र आईपीटीभी सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

चाडपर्वको अवसरमा कम्पनीले १५ प्रतिशतसम्म डिस्काउन्ट र तीन महिनासम्म बोनस दिने योजना ल्याएको बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully