शुक्रबार केआईईसी मेला

मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, फ्रान्स र जर्मनीका अग्रणी विश्वविद्यालय तथा कलेजको सहभागिता रहने कम्पनीले बताएको छ ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — केआईईसी प्रालिले आफ्नो दोस्रो बहु–गन्तव्य शिक्षा मेला शुक्रबार पुतलीसडकमा आयोजना गर्ने भएको छ ।

गत वर्ष सम्पन्न मेलामा १ हजार २ सयभन्दा बढी विद्यार्थी र अभिभावक सहभागी भएको कम्पनीले जनाएको छ ।

यस वर्षको मेला अझै प्रभावकारी हुने र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अपूर्व अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, फ्रान्स र जर्मनीका अग्रणी विश्वविद्यालय तथा कलेजको सहभागिता रहने कम्पनीले बताएको छ ।

मेलामा विद्यार्थी र अभिभावकले संस्थागत प्रतिनिधिसँग प्रत्यक्ष भेटवार्ता गर्ने, शैक्षिक कार्यक्रमबारे जानकारी लिन तथा विदेश अध्ययनसम्बन्धी प्रत्यक्ष अनुभव प्राप्त गर्ने अवसर पाउने जनाइएको छ ।

विदेश अध्ययन यात्रामा आवश्यक पर्ने प्रमुख सेवा प्रदायक पनि मेलामा सहभागी हुने कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully