ग्राहकलाई फोनपे क्रेडिट कार्डमार्फत स्मार्ट र लाभदायक भुक्तानी अनुभव गराउन प्रोत्साहित गर्नु यसको उद्देश्य रहेको फोनपेले जनाएको छ ।
काठमाडौँ — फोनपेले आफ्ना साझेदार बैंकसँगको सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ ।
सिटिजन्स इन्टरनेसनल बैंक, एभरेस्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र शाइन रेसुंगा विकास बैंकका ग्राहकले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा ५० प्रतिशतसम्म अथवा अधिकतम ५ सय क्यासब्याक प्राप्त गर्नेछन् ।
थप ग्राहकलाई फोनपे क्रेडिट कार्डमार्फत स्मार्ट र लाभदायक भुक्तानी अनुभव गराउन प्रोत्साहित गर्नु यसको उद्देश्य रहेको फोनपेले जनाएको छ ।
‘गत वर्षको सुरुवातदेखि नै फोनपे क्रेडिट कार्डले परम्परागत क्रेडिट कार्डका फाइदालाई डिजिटल नवप्रवर्तनसँग जोडेर नेपाली उपभोक्ताको क्रेडिट अनुभवलाई रूपान्तरण गरेको छ,’ फोनपेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
