भृकुटीमण्डपमा ‘नाडा अटो शो–२०२५’ भदौको ३ देखि ८ सम्म र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ देखि २६ सम्म आयोजना भएको थियो । कम्पनीका अनुसार नाडामा ५१ र नाइमामा ३७ वटा गाडीको बुकिङ भएका छन् ।
काठमाडौँ — हालै सम्पन्न नाडा र नाइमा अटो शोमा एलएस अटोका ८८ वटा गाडी बुकिङ भएको बताइएको छ ।
एक साताको अन्तरालमा भएका यी दुई अटो शोबाट उक्त संख्यामा गाडी बुकिङ भएको बिक्रेता कम्पनी नेक्सन भेन्चरले जनाएको छ ।
भृकुटीमण्डपमा ‘नाडा अटो शो–२०२५’ भदौको ३ देखि ८ सम्म र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ देखि २६ सम्म आयोजना भएको थियो । कम्पनीका अनुसार नाडामा ५१ र नाइमामा ३७ वटा गाडीको बुकिङ भएका छन् ।
एलएस अटोका गाडी छोटो समयमै यतिका बुकिङ हुनु अपेक्षाभन्दा राम्रो रहेको कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले जनाए ।
‘यी दुई शोको आयोजना अवधिभर एलएस अटोको स्टलमा अवलोकनकर्ताको आगमन उत्साहपूर्ण रह्यो, यो ब्रान्ड भित्रिएको छोटो समयमै उपभोक्ताको रोजाइमा पर्न सफल भएको पायौं,’ उनले भने ।