दसैं, तिहारलगायत पर्वलाई लक्ष्य गरेर नयाँ र रोचक क्याम्पेन बीपीएल क्याम्पेन सार्वजनिक गरेको हो
काठमाडौँ — नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज प्रिमियर लिग (बीपीएल) क्याम्पेन सुरु गरेको छ ।
हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउने गरी क्याम्पेन सुरु गरिएको कम्पनीले जनाएको छ ।
साथै नागरिकताको भरमा सहजै फाइनान्सिङ गर्न पनि यो योजना लागू हुने कम्पनीको भनाइ छ । दसैं, तिहारलगायत पर्वलाई लक्ष्य गरेर नयाँ र रोचक क्याम्पेन बीपीएल क्याम्पेन सार्वजनिक गरेको हो । सातै प्रदेशबाट हरेक सातामा ५० हजार नगद उपहार, प्लेयर अफ द विक बन्ने ग्राहकलाई १ लाख नगद, चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसरलगायत सुविधा क्याम्पेनमा रहेको कम्पनीले बताएको छ ।
‘कम्पनीले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ,’ गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने । यस गेममा जति धेरै रन लिन सक्यो त्यति नै धेरै उपहार प्राप्त गर्न सकिने र जोसुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
