बैंकले जमलमा रहेको शाखा कार्यालयलाई चिलिमे टावरमा स्थानान्तरण गरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलबाट औपचारिक वित्तीय सेवा शुभारम्भ गरेको हो ।
काठमाडौँ — मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–४, धुम्बाराही (चिलिमे टावरमा रहेको) नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले जमलमा रहेको शाखा कार्यालयलाई चिलिमे टावरमा स्थानान्तरण गरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलबाट औपचारिक वित्तीय सेवा शुभारम्भ गरेको हो ।
बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको पौडेलले प्रशंसा गरे । सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको नयाँ कार्यालयबाट धेरैभन्दा धेरै सेवाग्राही लाभान्वित हुने बैंकको भनाइ छ ।