टेली डिजिटल सर्भिसेस गुगल क्लाउडको आधिकारिक पार्टनर

टेली डिजिटल सर्भिसेसले गुगल वर्कस्पेस सेल पार्टनरको रूपमा मान्यता पाउँदै क्लाउड-आधारित समाधानमा नयाँ सुविधा थपेको छ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Tele Digital Services Official Partner of Google Cloud

What you should know

काठमाडौँ — रमेश कर्पअन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेसले आफ्नो गुगल क्लाउडसँगको सहकार्यलाई विस्तार गर्दै ‘गुगल क्लाउड पार्टनर एड्भान्टेज’ कार्यक्रमअन्तर्गत पार्टनरस्तरको ‘गुगल वर्कस्पेस सेल पार्टनर’का रूपमा सामेल भएको घोषणा गरेको छ।

सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा मान्यता पाएको यस कम्पनीले गुगल वर्कस्पेस लाइसेन्समा सहज पहुँच दिलाउँदै, स्थानीय भुक्तानी विकल्प, तत्काल लाइसेन्स डेलिभरी र सम्पूर्ण सपोर्टसहित एउटै स्थानबाट सबै सुविधा उपलब्ध गराउनेछ।

सहकार्यको सुरुआतदेखि हालसम्म कम्पनीले ५० भन्दा बढी व्यवसायलाई सेवा दिँदै आएको छ। टेली डिजिटलले परम्परागत सिप्यानल–आधारित इमेल प्रणालीको साटो जीमेल–आधारित समाधान प्रदान गर्दै, एकीकृत सहकार्यका लागि आवश्यक सबै टुल उपलब्ध गराएर व्यवसायलाई अझ सहज, सक्षम र प्रतिस्पर्धी बनाउँदै आएको छ।

तत्काल लाइसेन्स डेलिभरी, प्रोफेसनल इमेल एड्रेस, एकीकृत सहकार्य टुल (एउटै सब्स्क्रिप्सनमा गुगल डकुमेन्ट्स, सिट्स, ड्राइभ र मिट), प्रत्यक्ष पार्टनर फाइदा, स्थानीय भुक्तानी सुविधा, फुल अनबोर्डिङ सपोर्ट र प्रमाणित अनुभवलगायत विशेषता छन्।

'हामी परम्परागत इमेल प्रणालीका सीमाहरू हटाउँदै नेपाली व्यवसायको डिजिटल सहकार्यप्रतिको दृष्टिकोण रूपान्तरण गर्दैछौँ,' टेली डिजिटल सर्भिसेसका सीईओ (मुख्य कार्यकारी अधिकृत) नवाकुर सूदले भने। विश्वस्तरीय डिजिटल प्लेटफर्मलाई स्थानीय व्यवसायिक आवश्यकतासँग जोड्ने उनको भनाइ छ।

‘धेरै कम्पनी अव्यवस्थित सिप्यानल समाधानसँग जुधिरहँदा, हामीले उनीहरूलाई तुरुन्तै गुगल क्लाउडको एकीकृत इकोसिस्टममा पहुँच दिलाएका छौँ, जसले व्यवसायलाई प्राविधिक जटिलताभन्दा आफ्नै विकास र विस्तारमा ध्यान दिन सक्ने बनाउँछ,’ उनले भने।

टेली डिजिटल सर्भिसेसको यो सहकार्यले नेपालमा अझै पनि सिप्यानल प्रणालीमा निर्भर व्यवसायलाई आधुनिक क्लाउड–आधारित समाधानतर्फ उन्मुख गराउनेछ। गुगल वर्कस्पेसले इमेल, डकुमेन्ट सिर्जना र सहकार्य टुललाई एउटै प्लेटफर्ममा उपलब्ध गराई, जीमेलको भरोसायुक्त इन्फ्रास्ट्रक्चरमा आधारित उत्कृष्ट विकल्प प्रदान गर्नेछ।

कान्तिपुर

Link copied successfully