नाडा अटो शोमा स्काइवेलका १३१ वटा सवारी बुकिङ

जी मोटर्सका नक्साल, राधेराधे (भक्तपुर) र इटहरीमा शोरूम सञ्चालनमा आइसकेका छन् ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

131 Skywell vehicle bookings at NADA Auto Show

काठमाडौँ — नाडा अटो शोमा स्काइवेल ब्रान्डका बीई११ र ईटी५ मोडलका १३१ वटा विद्युतीय सवारी बुकिङ भएका छन् । युरोप टुर, हीराको हार तथा लक्की ड्रमा रोलेक्स घडी प्राप्त हुने अफरमा यी सवारी बुकिङ भएको कम्पनीले जनाएको छ।

नाडा अटो शोमा स्काइवेलका प्रिमियम एसयूभीप्रति ग्राहकहरूको इच्छा, चाहना तथा बुकिङप्रतिको तत्परता देखेर कम्पनी उत्साहित भएको जनाएको छ ।

जी मोटर्सका नक्साल, राधेराधे (भक्तपुर) र इटहरीमा शोरूम सञ्चालनमा आइसकेका छन्। बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आगामी दिनमा बुटवल, नेपालगञ्ज र धनगढीमा पनि डिलर स्थापना गर्ने लक्ष्य छ।

स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएका छन्। उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध इभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी५ भित्र्याइएको हो। स्काइवेल ईटी५ ले एक पटकको फूल चार्जमा ६२० किलोमिटर रेन्ज दिन्छ।

स्काइवेल ईटी५ मा ८५.९ किलोवाट–आवरको ब्याट्री प्याक छ। एसयूभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । स्काइवेल ईटी५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रही प्योर इभी प्लाटफर्ममा बनेको हो।

कान्तिपुर

Link copied successfully