सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डायग्नोस्टिक शुल्क तथा फार्मेसीको बिलमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
काठमाडौँ — सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बसुन्धरा, काठमाडौंस्थित चिरायु नेसनल अस्पतालसँग छुटको व्यवस्था गरेको छ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा बेड र डायग्नोस्टिक शुल्क तथा फार्मेसीको बिलमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ। सानिमा बैंकका देशभर १३४ कार्यालय र १२७ एटीएम सञ्चालनमा छन्।
