करेन्ट पोइन्टको नयाँ शाखा शंखमूलमा

ग्राहकले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेटजस्ता नयाँ र आकर्षक परिकारको स्वाद लिन सक्नेछन् ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Current Point's new branch at Shankhamool

काठमाडौँ — करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलमा सञ्चालनमा ल्याएको छ।

बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकार उपलब्ध हुनेछन् ।

ग्राहकले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेटजस्ता नयाँ र आकर्षक परिकारको स्वाद लिन सक्नेछन् । ग्राहकले आफ्नो रुचिअनुसार मसला र स्वाद पनि रोज्न सक्नेछन् ।

युवापुस्तामाझ लोकप्रिय करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलिसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीले अब शंखमूलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् ।

कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्छ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ । ‘करेन्ट’ बाहेक कम्पनीले चिसबल्स र चिप्सहरु पनि उत्पादन गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully