ब्रोडवे इन्फोसिसले ताइपेईमा पायो अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार

ब्रोडवे इन्फोसिसले डिजिटल शिक्षा र सीप विकासमा विश्वस्तरीय जनशक्ति उत्पादन गरी सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याएको छ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Broadway Infosys won the International Digital Talent Development Award in Taipei

काठमाडौँ — कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिस डिजिटल प्रतिभा विकास पुरस्कारबाट सम्मानित भएको छ ।

ताइवानको ताइपेईमा आयोजित समारोहमा वर्ल्ड इनोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेस एलायन्सले ब्रोडवे इन्फोसिसलाई पुरस्कार प्रदान गरेको हो ।

सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गरेको भन्दै ब्रोडवे इन्फोसिसलाई पुरस्कार प्रदान गरिएको क्यान महासंघका पूर्वअध्यक्ष रञ्जित पोदारले जानकारी दिए । उनका अनुसार डिजिटल प्रतिभालाई नवीनता र सीप विकासमा विश्वस्तरको जनशक्ति बनाउन ठूलो योगदान पुर्‍याएको भन्दै पुरस्कार प्रदान गरिएको हो ।

उक्त प्रतिष्ठित पुरस्कार १३ श्रेणीमा १३० उत्कृष्ट प्रस्तावमध्येबाट छनोट गरिएको थियो, जसमा ब्रोडवे इन्फोसिस छानिएको हो ।

प्रतिष्ठित पुरस्कार प्राप्त भएपछि यो नेपालको सूचना प्रविधि विकासमा कोसेढुंगा सावित भएको ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले बताए । उनले भने, ‘हामीले प्रविधिको दुनियाँमा डिजिटल शिक्षा, सीप विकास र नवीनतालाई प्राथमिकता दिँदै विश्व स्तरको दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेका छौं ।’

उनको भनाइमा डिजिटल शिक्षामा उच्च गुणस्तरीय, उद्योग अनुकूल सूचना प्रविधि शिक्षाको विकास र नेपालबाहिर डिजिटल जनशक्तिको व्यवस्थापन नै आगामी पुस्तालाई निरन्तर पोषण गर्ने ब्रोडवे इन्फोसिसको प्रतिबद्धता रहेको छ ।

कान्तिपुर

Link copied successfully