एनआईएमबीबाट ६.२९ प्रतिशतमा सवारी कर्जा

दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकलाई सहज बनाउने बैंकको अपेक्षा छ ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Vehicle loan from NIMB at 6.29%

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्राहकका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्ने बैंकले जनाएको छ । हालका लागि गाडी कर्जाको ब्याजदर केवल ६.२९ प्रतिशत (२०८२ भदौको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरी हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको बैंकले बताएको छ ।

दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकलाई सहज बनाउने बैंकको अपेक्षा छ । 

कान्तिपुर

Link copied successfully