प्राइम सिएका विद्यार्थी फेरि नेपाल टपर

विद्यार्थीहरूको सहजताका लागि प्राइम सिएले नयाँ बानेश्वर, लगनखेल र सुकेधारामा शाखा विस्तार गरेको छ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Prime students again Nepal topper

काठमाडौँ — नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गत जुनमा लिएको चार्टर्ड एकाउन्टेन्ट (सीए) को प्रथम तहको परीक्षामा प्राइम सिएका विद्यार्थी प्रशेन्जित शाक्य ८९.६७ प्रतिशत अंकसहित देशभर शीर्ष स्थानमा आएका छन्।

यसअघि पनि प्राइमकै विद्यार्थी सौगात श्रेष्ठले सोही तहमा ९३.६७ प्रतिशत अंक ल्याउँदै अहिलेसम्मकै उच्च अंकसहित नेपाल टप गरेका थिए। सिएका सबै तहमा प्राइम सिएका विद्यार्थीहरूले पटक–पटक उत्कृष्ट नतिजा हासिल गर्दै उच्च स्थान कायम गरेका छन्।

सन् २००४ मा स्थापना भएको प्राइम सिएले गुणस्तरीय सिए शिक्षा उपलब्ध गराउँदै आएको छ। २१ वर्षे इतिहासमा यस संस्थाका विद्यार्थीहरूले अहिलेसम्म ५२ पटक नेपाल टपरको उपाधि जितिसकेका छन्।

हालसम्म यहाँबाट परीक्षा तयारी लिएका ११ सयभन्दा बढी विद्यार्थी चार्टर्ड एकाउन्टेन्ट बनेका छन्।विद्यार्थीहरूको सहजताका लागि प्राइम सिएले नयाँ बानेश्वर, लगनखेल र सुकेधारामा शाखा विस्तार गरेको छ। 

कान्तिपुर

Link copied successfully