कजरिया रमेश टाइल्सको ब्रान्ड एम्बासडरमा दिव्या रायमाझी

कजरियाले ४ हजारभन्दा बढी डिजाइन विकल्प र ४५ एक्सक्लुसिभ शोरूममार्फत उत्पादन पुर्‍याउँदै आएको छ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Divya Rayamazhi as the brand ambassador of Kajaria Ramesh Tiles

काठमाडौँ — कजरिया रमेश टाइल्स लिमिटेडले नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ। कम्पनीले शुक्रबार काठमाडौंमा आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’मा रायमाझीलाई एम्बासडर नियुक्त गरेको हो । 

कार्यक्रममा कम्पनीका निर्देशक संजय अग्रवालले बोर्ड सदस्य, उद्योगकर्मी र ग्राहकहरूको उपस्थितिमा रायमाझी ब्रान्डका मूल मूल्य, युवा ऊर्जा र जीवन्त व्यक्तित्वको प्रतिनिधि हुने बताए।

उनका अनुसार रायमाझीको जोशिलो र आकर्षक व्यक्तित्व कम्पनीको नयाँ सोच, शैली र गुणस्तरसँग मेल खान्छ। रायमाझीले आगामी विज्ञापन तथा प्रवर्द्धन अभियानमा ब्रान्डको आधुनिक र सदाबहार पहिचानलाई अभिव्यक्त गर्नेछिन्। 

नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट रहेको कजरियाले ४ हजारभन्दा बढी डिजाइन विकल्प र ४५ एक्सक्लुसिभ शोरूममार्फत उत्पादन पुर्‍याउँदै आएको छ। कम्पनीले गुणस्तर, टिकाउपन र नवीन डिजाइनमा जोड दिँदै लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ।

कान्तिपुर

Link copied successfully