उदयपुरका विद्यालयमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण

शिक्षा क्षेत्र सुदृढ पार्ने उद्देश्यले विद्यार्थीलाई कापी, कलम, झोला, पेन, ज्यामिति बक्स लगायतका सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Distribution of educational materials by Shaurya Cement to schools in Udaipur

काठमाडौँ — शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुरका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। उक्त कार्यक्रमअन्तर्गत ४५० विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।

शिक्षा क्षेत्र सुदृढ पार्ने उद्देश्यले विद्यार्थीलाई कापी, कलम, झोला, पेन, ज्यामिति बक्सलगायतका सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ। विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग र पाठ्यपुस्तकसमेत हस्तान्तरण गरिएको हो ।

शैक्षिक सहयोग प्राप्त विद्यालयमा रुपैरानी आधारभूत विद्यालय (आहाले), जनता आवासीय विद्यालय (थलियाटार), वीरेन्द्र आवासीय विद्यालय (भन्टाबारी) र आधारभूत विद्यालय (बबेला) रहेका छन्। यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो।

वितरण कार्यक्रममा विद्यालय प्राचार्य, शिक्षक, व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा शौर्य सिमेन्टको खानी र ब्रान्ड टिमको उपस्थिति थियो। कटारी नगरपालिका–८ का वडाअध्यक्ष नवीन्द्रकुमार तामाङ विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

विद्यालयहरूले प्राप्त सहयोगले विद्यार्थीको सिकाइ वातावरण अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। शौर्य सिमेन्टले शिक्षा, स्वास्थ्य, संस्कृति र सामुदायिक विकासलगायत क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले पूर्वाधार निर्माणसँगै गुणस्तर, दिगोपन र सामाजिक उत्तरदायित्वलाई समानान्तर रूपमा अगाडि बढाइरहेको छ।

कान्तिपुर

Link copied successfully