सुविधा उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
काठमाडौँ — एनआईसी एशिया बैंकका ग्राहकले स्वास्थ्य उपचार सेवामा विशेष छुट पाउने भएका छन्। छुट सुविधाका लागि कैलाली हस्पिटल र बैंकबीच सम्झौता भएको हो।
सम्झौतासँगै बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकका ग्राहकले कन्सल्टेन्ट ओपीडी, इमर्जेन्सी ओपीडी, भिडियो एक्स-रे, ईसीजीलगायत सेवामा छुट सुविधा उपभोग गर्न सक्नेछन्। सुविधा उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
उक्त हस्पिटलसँगको सहकार्यले यस क्षेत्रका बैंक ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग गर्नुका साथै मुलुकको डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र नगदरहित कारोबारमा सहयोग पुग्नेछ।
