अटो इभेन्टमा पहिलोपटक बीएमडब्ल्यूको सहभागिता रहने भएकाले कारप्रेमीका लागि यो प्रदर्शनी अझ रोमाञ्चक हुने आयोजकले जनाएका छन्।
काठमाडौँ — लक्ष्मी ग्रुपले आगामी शनिबार र आइतबार राजधानीको गैह्रीधारास्थित सिल्भर ओकमा ‘लक्सपिरियन्स २०२५’ आयोजना गर्ने भएको छ।
यो प्रदर्शनीलाई हुन्डाई, बीएमडब्ल्यू, कायी र फोर्थिङजस्ता बहुप्रतिष्ठित ब्रान्डले विशेष बनाउने छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्ल्यूको सहभागिता रहने भएकाले कारप्रेमीका लागि यो प्रदर्शनी अझ रोमाञ्चक हुने आयोजकले जनाएका छन्।
कार्यक्रममा आगन्तुकका लागि विशेष अफर र छुट, तत्काल कार मूल्यांकन, लोयाल्टी बोनस, सुविधाजनक फाइनान्स तथा इन्स्योरेन्स सेवासमेत उपलब्ध गराइनेछ। यसले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकलाई उत्कृष्ट अवसर दिने अपेक्षा गरिएको छ।
कार मात्र नभई, सहभागीले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्। नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी लगायत सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिले प्रदर्शनीलाई थप रोचक बनाउने बताइएको छ।
