एम्बार्क कलेजको पाठ्यक्रमले नवीन सोच, नैतिक नेतृत्व र विश्वव्यापी व्यवसायिक क्षमताको विकासमा विशेष ध्यान केन्द्रित गरेको छ।
काठमाडौँ — एम्बार्क कलेजले 'इमर्जिङ बी–स्कूल' उपाधि पाएको छ। भारतको नयाँ दिल्लीमा आयोजित 'इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५' मा एम्बार्क कलेजलाई उपाधि दिइएको हो ।
एम्बार्क कलेजले व्यवसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिलाई उच्च मूल्यांकन गरिएको हो। 'यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौं,' एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले भने।
एम्बार्क कलेजले कठोर शैक्षिक मापदण्ड र व्यावहारिक औद्योगिक अनुभवलाई समेट्दै व्यवसायिक शिक्षामा नयाँ उचाइ हासिल गरेको छ। कलेजको पाठ्यक्रमले नवीनतम सोच, नैतिक नेतृत्व र विश्वव्यापी व्यवसायिक क्षमताको विकासमा विशेष ध्यान केन्द्रित गरेको छ।
वर्ल्ड एजुकेशन समिट एक वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसले शिक्षा क्षेत्रका नीति निर्माता, शैक्षिक नेता तथा उद्योग विशेषज्ञलाई एउटै मञ्चमा ल्याएर शिक्षा सम्बन्धी समसामयिक विषयमा छलफल गर्छ। यस सम्मेलनले शैक्षिक उत्कृष्टतामा योगदान पुर्याउने संस्थालाई विभिन्न श्रेणीमा सम्मानित गर्दै आएको छ।
