यस अफरमार्फत सन्तान प्राप्तिको आकांक्षा बोकेका दम्पतीलाई थप अवसर दिलाउने लक्ष्य क्लिनिकले लिएको छ ।
काठमाडौँ — प्रजनन उपचारको क्षेत्रमा परिचित वात्सल्य क्लिनिकले आफ्नो ९ औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।वात्सल्यका अनुसार, पहिलो इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) चक्रबाट गर्भधारण नभएमा र सो चक्रमा प्राप्त स्वस्थ भ्रूण बाँकी रहेमा दोस्रो आईभीएफ चक्र निःशुल्क उपलब्ध गराइनेछ ।
यस अफरमार्फत सन्तान प्राप्तिको आकांक्षा बोकेका दम्पतीलाई थप अवसर दिलाउने लक्ष्य क्लिनिकले लिएको छ । वात्सल्य क्लिनिकले हालसम्म ९ हजारभन्दा बढी परिवारलाई सन्तान सुख प्रदान गरिसकेको छ । संस्थाले ७० प्रतिशतभन्दा बढीको आईभीएफ सफलता दर कायम गर्दै आएको जनाएको छ ।
यो योजना सीमित अवधिका लागि मात्र लागू हुने भएकाले इच्छुक दम्पतीलाई नजिकैको वात्सल्य क्लिनिकमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
