अमेरिकामा स्नातक वा स्नातकोत्तर अध्ययन गर्न इच्छुक विद्यार्थीलाई मेला उपयोगी हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ — जाम्बोरी एजुकेसन नेपालले इटीएस टोफेलसँगको साझेदारीमा भदौ १३ मा ‘अमेरिकी शिक्षा मेला २०२५’ आयोजना गर्ने भएको छ । पुतलीसडकस्थित जाम्बोरी एजुकेसन नेपालमा हुने उक्त मेलामा ३० भन्दा बढी अमेरिकी विश्वविद्यालय र कलेजका प्रतिनिधि सहभागी हुनेछन् ।
मेलामा सहभागी विद्यार्थीले आफ्ना शैक्षिक प्रोफाइलको तत्काल मूल्यांकन गराउन सक्नेछन् । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा केन्द्रित विशेष सत्र, छात्रवृत्ति तथा आर्थिक सहायताबारे जानकारी र टोफेललगायत मानकीकृत परीक्षाको तयारीसम्बन्धी सहायतामा पहुँच पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
‘यो मेला नेपाली विद्यार्थीका लागि अमेरिकी विश्वविद्यालयका भर्ना प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने महत्त्वपूर्ण अवसर हो,’ जाम्बोरीले जनाएको छ । मेलालाई इटीएस टोफेल, पावर फाइनान्सियल लगायतका संस्थाले सहकार्य गरेका छन् । निःशुल्क प्रवेश हुने मेलाका लागि विद्यार्थीले क्यूआर कोडमार्फत दर्ता गर्नुपर्नेछ ।
अमेरिकामा स्नातक वा स्नातकोत्तर अध्ययन गर्न इच्छुक विद्यार्थीलाई मेला उपयोगी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार यसले नेपालभरका सयौँ विद्यार्थी र अभिभावकलाई आकर्षित गर्नेछ ।
